
काठमाडौं । रक्तदान मात्र हैन, आँखाको नानी दानमा समेत मानिसको रुचि बढेको छ । २५ वर्षदेखि तिलगंगा आँखा केन्द्रले सुरु गरेको यो अभियानमा अहिले दाताहरुको बाक्लै उपस्थिति हुने गरेको छ । केही वर्षअघिसम्म नानी प्रत्यारोपणका लागि दृष्टिविहीनले वर्षौं कुर्नुपर्ने अवस्था रहेकोमा अहिले भने १५ दिनमै पालो आउने गरेको छ ।
सन् १९९८ देखि तिलगंगा आँखा प्रतिष्ठानले पशुपतिको आर्यघाट, भष्मेश्वरी घाट र हाल विद्युतीय शवदाहगृहबाट मृतकको आँखा नानी निकाली दृष्टीबिहिनहरुमा प्रत्यारोपण गर्दै आएको छ । आँखादानबारे जनमानसमा बढ्दै गएको सचेतना र सकारात्मक सोचका कारण आँखादान गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । जसले गर्दा आँखाको नानीका लागि बढीमा दुई साताभित्रै आँखाको नानी प्राप्त गर्न सक्नेछन् ।
मृत्यु अगावै आँखादान गर्ने इच्छाएको व्यक्तिको हकमा सम्बन्धित ब्यक्तिको मृत्यु पश्चात आँखादानका लागि आफैं समन्वय गर्ने गरेकाले केही हदसम्म सजिलो हुने गरेको छ । यद्यपि कोही व्यक्तिको मृत्यु भएमा आँखाको नानी दानका लागि मृतकका परिवारलाई सम्झाई बुझाई गर्न निकै नै चुनौतिपूर्ण तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक सरोज ढकाल बताउनुहुन्छ ।
मृतकको शव ल्याएपछि आँखाको नानी दानका लागि प्रोत्साहित गर्न तिलगंगा आँखा केन्द्रका कर्मचारी दिनरात खटिने गरेका छन् । नानीदानको सकारात्मक सन्देश बुझेका मृतकका धेरै परिवारले आँखा दानबारे सकारात्मक धारणा राख्ने गरेका छन् ।
आँखादान भनेको मृतकको आँखा नै निकाल्ने भन्ने परेका कारण पनि कतिपयले आँखादान गर्न अस्वीकार गर्ने गरेका छन् । जलेर जाने मृतकको आँखालाई दानदिँदा कसैले आँखा देख्छ भने कि भदिने त्याहा आएका मृतकका आफन्तहरु बताउछन् ।
क्यान्सर, हेपाटाइटिस, एचआईभी एड्स, क्षयरोग लागेका व्यक्तिको आँखाको नानी काम नलाग्ने भएपनि स्वस्थ ब्यक्तिको हकमा भने आँखाको नानी दानका लागि २ बर्षदेखि ७० वर्ष उमेर समूहका व्यक्ति आँखादानका लागि योग्य हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्