
काठमाडौं । जुम्लामा लगातार दुई दिन परेको हिमपात र वर्षाका कारण किसानहरु खुशी भएका छन् ।
जिल्लामा मंगलबार र बुधबार दुई दिन लगातार हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने भएपछि किसानहरु खुशी भएका हुन् ।
हिउँदे बाली लगाउन समस्या भइरहेका बेला परेको हिमपात र वर्षाले गहुँ, जौ र नयाँ स्याउका बिरुवा लगाउन सहज भएको स्थानीय बताउँछन् ।
आकासे पानीको भरमा खेती गर्ने किसानलाई हिउँदे हिमपात र वर्षाले फाइदा गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लाको उच्च भेगमा करिब दुईदेखि तीन फिटसम्म हिउँ परेको थियो । बिहीबारदेखि मौसम सफा भएपछि विस्तारै जाडो कम हुँदै गएको स्थानीयले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्