६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पर्यटकको सुरक्षा जिम्मा बोकेको पर्यटक प्रहरी नै ओझेलमा


286
Shares

काठमाडौं । पर्यटक प्रहरी लेखेको प्रहरी भ्यान शहरका विभिन्न भागमा गुडेको देखेको हुनुपर्छ । नेपाल प्रहरीकै अंग भएर पनि यसको कामकारवाही ओझेलमा परेका अनुभव गरिन्छ । नेपाल आउने विदेशी पाहुनाको सुरक्षा जिम्मेवारी बोकेको यो युनिटले स्थापनाको ४४ वर्ष पार गरेको छ ।

नेपाल भ्रमणमा आउने जो कोही पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा पाइला टेक्ने बितिकै पर्यटक प्रहरीको चासो रहन्छ । सुरक्षा प्रत्याभूतिसहित दर्शनाभिलाषीको भूमिका पर्यटक प्रहरीले निर्वाह गर्दछ ।

विमानस्थलदेखि गन्तव्यसम्म समन्वयको दायित्व उसकै पर्दछ । काठमाडौं र देश बाहिरका २८ जिल्लामा विशेष गरी साँस्कृतिक सम्पदा भएका ठाउँमा प्रहरीको पहुँच छ । त्यसमाथि काठमाडौंभित्र पर्यटक रुचिका काठमाडौंका १० स्थानमा पर्यटक प्रहरीको युनिट कार्यरत छ । जसमा पर्यटक प्रहरीको अहं भूमिका रहने गर्छ ।

पर्यटकहरुले पर्यटक प्रहरीलाई नै धेरै विश्वास गर्ने गरेको पर्यटक प्रहरीका प्रवक्ता चन्द्रकिशोर साह बताउनुहुन्छ । पर्यटकको पासपोट् हेर्नुर्‍पयो लोकल प्रहरीले पर्यटक प्रहरीको सहयोग लिने गरेको प्रवक्ता साह बताउनुहुन्छ ।

पर्यटक प्रहरीले नेपाल भ्रमणमा आउने क्रममा सवारी साधनका रुपमा ट्याक्सी प्रयोग गर्ने हुनाले नम्बर याद गर्न सचेत तुल्याएअनुसार उनीहरु सचेत हुने भएकाले चोरी र ठगीका घट्ना न्यून हुने गरेको प्रहरीको भनाई छ । त्यसमाथि चालकलाई पर्यटकमाथि गर्ने व्यवहारका विषयमा प्रहरी समय समयमा तालिम दिने गरेको बताइन्छ ।

हराएका पर्यटक, पर्यटकमाथि हुने दुव्र्यवहार, पर्यटकको सामान तलमाथि हुने अवस्थादेखि भीसा अवधि सकिएपछि लुकीछिपी बस्ने विदेशीलाई आफ्नो देश पठाउने काममा पर्यटक प्रहरीको विशेष भूमिका रहने गरेको छ ।

सम्पदास्थलमा खटिने प्रहरीले त कतिपय अवस्थामा गाईडको भूमिका समेत निर्वाह गर्नुपरेको छ । त्यसो भए पर्यटक प्रहरीमा काम गर्नेको छनोट कसरी हुन्छ त ? पर्यटक प्रहरीमा विशेष गरी विभिन्न अन्तर्राष्ट्रिय भाषा जान्नेले प्राथमिकता पाउने गरेका छन् ।

पर्यटकसँग जोडिने जुनसुकै विषय प्रहरीको चासो र संलग्नता अनिवार्य छ । पर्यटन प्रवद्र्धनको अत्यावश्यक र एउटा भरलाग्दो शक्तिका रुपमा रहेको पर्यटक प्रहरीलाई थप सुसाधन सम्पन्न र क्रियाशील बनाउन आवश्यक छ ।