६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मेलम्चीका नागरिकलाई घरमै सामाजिक सुरक्षा भक्ता


273
Shares

सिन्धुपाल्चेक । मेलम्ची नगरपालिका-१० ले घर-घरमै गएर नागरिकलाई सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेको छ ।

नागरिकलाईकाे सहजतालाई मध्येनजर गर्दै सुरक्षा भक्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । निर्वाचनमा खुट्टामा पैसा राखेर ढोगेर भाइरल बन्नुभएका वडा अध्यक्ष खनालले घरमै पुगेर भक्ता वितरण गर्नुभएको हो । पहिला बैंकसम्म जाँदा धेरै हैरानी र सास्ती व्यहोर्नु परेको स्थानीय धनकुमारी पराजुलीले बताउनुभयो ।

अहिले वडाले घरमा नै आएर भत्ता दिंदा खुशी लागेको उहाँले बताउनुभयो । वडाले बैंकसँग सहकार्य गरेर शाखा रहित बैंक सेवा सुरु गरेपछि नागरिकमा यस्तो खुशी आएको हो । बैंक आफैं जाने वा बैंकले तोकेको अभिकर्ता मार्फत यो सेवा लिन सकिने भएकाे छ । जसका कारणले नागरिकलाई सहज हुने र बैंकमा पनि चाप घट्ने वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । बैंकमा गएर पनि लाईनमा बस्नुपर्ने समस्याले नागरिकहरु हैरान परिरहेका छन् ।

बिहान जाँदा बेलुकासम्म लाग्ने र सास्ती पनि हुने स्थानीय लिलाकुमारी अधिकारीले बताउनुभयो । पहिला छोरा र नातिको सहयोग लिनुपर्ने तर अहिले आफ्नै हातमा भक्ता आइपुगेको उहाँले बताउनुभयो । वडा तहको सरकारले गरेको पहलले आफूलाई सहज भएको स्थानीय यज्ञबहादुर पराजुलीले बताउनुभयो । पूर्ण रूपमा अपांगता परिचयपत्र हुनुभएका पराजुलीलाई बैंकसम्म जान पनि समस्या हुने गरेको थियो ।

अहिले घरमै पुगेर भक्ता पाउँदा गर्व लागेको उहाँले बताउनुभयो । पहिला अरुको सहारा विना भत्ता प्राप्त नहुनेमा अहिले आफ्नै घरमा आफ्नै हातमा भक्ता आइपुगेको उहाँले बताउनुभएको छ । लक्ष्मी बैंकको बैंकिङ प्रणालीबाट वडा नम्बर १० का लागि अभिकर्ताको रुपमा कार्की किराना पसललाई सहजीकरणको जिम्मा दिइएको छ । घरमा पुगेर वितरण गरिसकेपछि बैंकले अभिकर्ताका खातामा भक्ता जम्मा गरिदिने अभिकर्ता दीपेन्द्र कार्कीले बताउनुभयो ।

वडाले पहल गरिसकेपछि बैंकले गरेको सहजीकरणले वडा नम्बर १० का नागरिक लाभान्वित भएका छन् । वडाभरीका सामाजिक सुरक्षा भत्ताा लिनेहरुमा खुशी छाएको वडा अध्यक्ष खनालले बताउनुभयो। यो कामले आफूमा पनि आत्मसन्तुष्टि भएको उहाँले बताउनुभयो । बैंकसम्म जाँदा असहज भएको र दु:ख देख्न नसकेर यो कामको सुरूवात गरेको उहाँले बताउनुभयो ।