
धनकुटा । धनकुटामा यहि माघ ६ गतेदेखि प्रादेशिक औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी तथा ५ औं धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् ।
साेही महोत्सवस्थलमा प्रवेश गर्ने क्रममा शनिबार राति ठेलमठेल हुदाँ ३० जना घाइते भएका हुन् । शनिबार राति प्रमोद खरेलको संगितिक प्रस्तुत हेर्ने जाने क्रममा दर्शकहरुबीच ठेलामठेल हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।
घाइते भएका मध्ये १२ जना उपचारपछि घर फर्किएका र १६ जनाको विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठिानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । २ जनाको उपचार गोल्डेन अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयाे ।
घटनापछि महोत्सवलाई निरन्तरता दिने कि बन्द गर्ने भन्ने विषयमा आइतबार दिउँसो बस्ने सुरक्षा समिति र सरोकारवालाको बैठकले तय गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्