
काठमाडौं । माछापुच्छ्रे बैंकले उदयपुरको श्री सिद्धवती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १, उदयपुर जिल्ला स्थित श्री सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको हो ।
सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो ।
यसैगरि बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ ।
बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्