
काठमाडौं । पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्महत्या गरेको दुःखद् घटनाप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल उद्योग परिसंघले विज्ञप्ति जारी गर्दै यस्ता घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको जनाएको हो ।
महिनौंदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन यतिबेला सरकार र निजीक्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयास सुरु भएको अवस्थाकाबीच पछिल्ला दिनमा घटेका आत्महत्याका घटनाले सबैलाई झक्झक्याएको परिसंघले जनाएको छ ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पात्र र प्रणाली दुवैमा प्रभावकारी ढंगबाट सुधारका काम तत्काल थाल्न सरकारसहित सरोकारवाला सबैलाई एकीकृत पहल गर्दै अघि बढ्न परिसंघले अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्