
एजेन्सी । जर्मनीले युक्रेनलाई लडाकु विमान दिने कुनै सम्भावना नरहेको जनाएको छ ।
जर्मन चान्सलर ओलाफ सोल्जले रुससँगको युद्धको बहानामा युक्रेनलाई फाइटर जेट उपलब्ध गराउने कुनै सम्भावना नरहेको बताउनुभएको हो । युद्धको नाममा हतियारको प्रतिस्पर्धा जर्मनीलाई स्वीकार्य नहुने सोल्जको भनाइ छ । यसअघि जर्मनीले एटलान्टिक सहयोग संगठन नेटो र युरोपियन युनियनको दवावमा युक्रेनलाई अत्याधुनिक सैन्य ट्यांक दिने घोषणा गरेको थियो ।
पश्चिमा राष्ट्रहरुले रुससँग युद्ध लडिरहेका युक्रेनलाई अब फाइटर जेट दिन्छन् भन्ने आंकलन विश्वभर भइरहँदा जर्मनीले त्यस्तो सम्भावना नरहेको प्रष्टोक्ती दिएको हो । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो देशलाई हतियार प्रणालीको खाँचो रहेका कारण पश्चिमा राष्ट्रहरुलाई थप हतियार उपलब्ध गराउन आग्रह गरिरहेकै बेला जर्मनीको यस्तो प्रतिक्रिया आएको हो ।
युक्रेनका उपविदेशमन्त्री एन्ड्री मेल्निकले दर्जनाैं लडाकु विमानका लागि आग्रह गरे लगत्तै स्कोल्जले विमानहरु उपलब्ध गराउने सम्भावना नै नरेहको जवाफ दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्