१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फिल्म ‘रामायण’मा केजीएफ स्टार यश अनुबन्धित


572
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता यश फिल्म ‘रामायण’मा रावणरावणको भूमिकामा अनुबन्धित भएका छन् ।

निर्माता नितेश तिवारी केही दिनयता रामायणमा आधारित पौराणिक फिल्म बनाउने तयारीमा छन् । स्क्रिप्ट तयार भइसकेको छ । जसमा रावणको भूमिकाका लागि ऋतिक रोशनलाई प्रस्ताव गरिएको थियाे । तर, पछिल्लो खबर अनुसार यसमा ऋतिक नभई यशले रावणको भूमिका निर्वाह गर्ने छन् ।

भारतीय सञ्चार माध्यामहरूका अनुसार ऋतिकले रामायणमा बन्ने फिल्मको प्रस्तावलाई अस्वीकार गरेका छन् । उनी अब नकारात्मक भूमिकामा खेल्न चाहँदैनन् । यसअघि रिलिज भएको फिल्म ‘विक्रम वेधा’ मा पनि ऋतिकले नकारात्मक भूमिका खेलेका थिए ।

ऋतिकले प्रस्ताव अस्वीकार गरेपछि तिवारी र निर्माता मधु मन्टेनाले ‘केजीएफ’ स्टार यशलाई रावणको भूमिकाको लागि प्रस्ताव गरेका छन् ।

तिवारी र मधुले सन् २०१९ मा रामायणमाथि फिल्म बन्ने औपचारिक घोषणा गरेका थिए । कास्टिङ फाइनल भएपछि फिल्मकाे छायांकन यसै वर्षको मे अथवा जुन महिनामा सुरु हुने छ ।

हाल निर्देशक तिवारी फिल्म ‘बवल’ को सुटिङमा व्यस्त छन् ।