
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने ४ जना शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।
उहाँले साेमबार शहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएकाे हाे। नेपाली जनताको अधिकार प्राप्तिको संघर्षमा ४ जना शहिदको योगदानकाे उच्च प्रशंसा गर्न चाहाएकाे उहाँले बताउनुभयाे ।
शहिदहरूकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएकाे उहाँकाे तर्क छ । राजनीतिक संघर्षको समय सकिएर विकास र समृद्धिको समय आएको समेत जारी सन्देशमा उल्लेख गरिएकाे छ । सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सके मात्र शहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँले बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्