
धनकुटा । धनकुटामा सञ्चालन भइरहेको प्रादेशिक औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी, एभोकाडो तथा ५ औं धनकुटा महोत्सव आज साेमबार सकिंदै छ ।
यहि माघ ६ गतेबाट सुरु भएको मेला औपचारिक रुपमा साेमबार सकिन लागेको हो । धनकुटासहित प्रदेश– १ को शिक्षा, कृषि, पर्यटन, व्यापारसहित साँस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि महोत्सवकाे आयोजना गरिएको हाे ।
महोत्सव सकिन दुई दिन बाँकी रहँदा महोत्सव स्थलमा प्रवेश गर्ने क्रममा ठेलमठेल हुदाँ ३० जना मानिस घाइते भएका थिए । महोत्सव केही दिन थप गरिने भनिएको थियो ।
तर गत शनिबारको घटनापछि आयोजकले निर्धारित समयमै महोत्सव सम्पन्न गर्न लागेको आयोजक समिति धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्