२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


शेयर बजारमा ४१ अंकको गिरावट


39
Shares

काठमाडौं । शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ ।

४१ अंकले घटेको बजारमा कारोबार भने तीन अर्ब बढीको भएको नेप्सेले जनाएको छ ।

सबै उपसूचक ओरालो लागेको बजारमा निर्जिबन बीमा सबै भन्दा बढी २ सय ७० अंकको गिरावट आएको छ । यसैगरी जिवन बीमा र होटल तथा पर्यटन समूहमा १ सय २१ अंक बढीले ओरालो लागे । अरु समूहमा पनि दोहोरो अंकको ओरालो लागेका छन् ।

ओरालो लागेको बजारमा पनि लुम्बिनी जेनेरल इन्स्युरेन्स र आदर्श लघुवित्त वित्तिय संस्थाको पोजेटिभ सर्किट लाग्यो । २ सय ४ कम्पनीको मूल्यको घटेको सोमबारको बजारमा जम्मा ९ कम्पनीको मात्र बढेको छ ।

सोमबार दुई सय ५६ कम्पनीको ८८ लाख कित्ता बढी शेयर ३ अर्ब ३० करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।