
काठमाडाैं । सिरहामा ब्राउन सुगरसहित ९ जना प्रहरीकाे फन्दामा पारेका छन् ।
विशेष सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मारेर ईलाका प्रहरी कार्यालय झाँझपट्टीबाट खटिएकाे प्रहरी टोलीले ब्राउन सुगरजस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित ९ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी रहेका छन् ।
त्यसैगरी लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका-१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान पक्राउ परेका हुन् ।
प्रहरीले नवराजपुर गाउँपालिका २ मझौराबाट लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हाे। उनीहरुको साथबाट लागुऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाइल ८ थान, मोटरसाइकल ४ थान र नगद ४ हजार ८ सय ८५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्