
काठमाडौं । नेपालको उपभोक्ता बजार सुरक्षित छैन । कतै मिसावट छ त कतै दलालीको बाहुल्य । पछिल्लो समय उच्चकोटीको नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती देखिन थालेपछि बजारमाथि उपभोक्ताको थप संशय पैदा भएको छ ।
नक्कली मदिराको बिगबिगी कुनै नौलो विषय होइन । प्रहरीले मदिरा उद्योगमा छापा मार्ने र नक्कली मदिरा बनाउने गिरोह पक्राउ गर्ने क्रम चलिनै रहेको छ । यही क्रममा प्रहरील हालै नक्कली मदिरा, मदिरा प्रयोग गर्ने रसायनलगायत विदेशी मदिराको बोतलमा नक्कली मदिरा राखी बेचबिखन गर्ने केही व्यापारी नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
जनस्वास्थ्यसँग सरोकार राख्ने यस्ता घटनाले नेपालमा मात्रै नभई भारतमा हरेक वर्ष सयभन्दा बढीको ज्यान जाने गरेको छ । पछिल्लो समय नेपालका केही जिल्लामा नक्कली मदिरा सेवनका कारण केहीको मृत्यु भयो भने केहीको आँखाको ज्योति समेत गुम्यो ।
मदिरा बनाउँदा टायर, मोजा र अनेक अखाद्य सामग्री मिश्रण गरी मदिरा बनाउने गिरोहले नेपाल प्रहरीले पक्राउ गरी कारबाही नगरेको पनि होइन । यद्यपी समस्या भने उस्तै छ ? के त्यसो भए अवस्था नियन्त्रण बाहिर गएको हो ? अहिले अनुसन्धान र नियन्त्रण गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख डा. मनोजकुमार केसी बताउहुन्छ ।
विदेशी ब्राण्डका बोतलमा नक्कली रक्सी मिसाएको कारखानामा छापा मारी प्रहरीले बरामद गरेको मदिराको हकमा यस्ता मदिरा बजारका विभिन्न पसलहरुमा पुगिसकेका छन् । यसको लेखाजोखा कस्ले राख्ने ? मदिरा सेवन गर्ने मध्ये केहीले घरमै बनेको मदिरा खाने गरेपनि अधिकांशले बजारमा पाइने विदेशी ब्रान्डका मदिरा खाने गरेका छन् । यसमा नक्कली र सक्कली छुटयाउन उनीहरु असक्षम भएका कारण नक्कली मदिरा सेवन गर्न बाध्य छन् । यस्ता अधिकांश मदिरामा रसायन मिसाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख केसी बताउहुन्छ ।
हुनत नेपालमा पाइने हरेक खाद्य सामाग्री मिसावट हुँदा यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ । बजारमा आएपछि पक्राउ गर्नुभन्दा अपराधको मूलमै नियन्त्रण गर्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्