
गोकुल भुजेल
भोजपुर । भोजपुरमा अरुण गाउँपालिकाको भवन निमार्णको विषयलाई लिएर भएको विवाद चुलिएको छ । गाउँपालिकाको साविकको कार्यालय क्षेत्रभन्दा टाढा भवन निर्माण गर्ने निर्णय गरिएको भन्दै प्याउली बजारका स्थानीयले विरोध गरेका हुन् ।
भोजपुरमा गाउँपालिकाको भवन निमार्णको विषयलाई लिएर विवाद भएको छ । अरुण गाउँपालिकाको बहुमतले प्याउली बजार अर्थात साविकको कार्यालय क्षेत्रभन्दा करिब एक किलोमिटर टाढा भवन निमार्ण गर्ने भनी बहुमतले निर्णय गरेपछि प्याउली बजारका स्थानीयले विरोध सुरु गरेका हुन् ।
अहिले स्थानीयको विरोध जारी रहेको छ तर पालिका बर्षेदेखी भाडामा बस्दा वार्षिक लाखैको आर्थीक भार र प्रशासनीक भार बढेको उल्लेख गर्दै यसलाई कम गर्न भवन निर्माणको प्रक्रिया थालीएको अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री बताउनुहुन्छ ।
यता, गाउँपालिकाको भवन बजार आसपासमै हुनुपर्ने प्याउली बजारका स्थानीयको जोड छ । यसका बाबजुद कार्यपालिकाले अन्यन्त्र भवन बनाउने निर्णय गरेकाले विरोध गरेको स्थानीए बताउछन् ।
भवन निमार्ण क्षेत्रका स्थानीयलाई गाउँपालिकाका नि वर्तमान अध्यक्षले भवन बनाउछु भनेर प्रतिवद्धता जनाएको र सोहि अनुसार वर्तमान अध्यक्षले गाउँपालिकाको भवन निमार्ण गर्ने भनी निर्णय गर्दा उनीहरु हर्षीत भएका छन् ।
स्थानीय सरकारलाई गाउँगाउँमा सिंहदरबार उपनामले चिनिन्छ । यदि गाउँपालिकाले दीर्घकालीन सोचका साथ भवन निमार्णको योजना गरेको हो भने बजारबासी र स्थानीयलाई संयमित बनाउन सक्नुपर्छ । साथै स्थानीयको गुनासो र मागलाई सम्बोधन हुने गरि समस्या समाधान तर्फ लाग्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्