
विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् ।
मेयर नागेश कोइरालाको निर्णय विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् ।
पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले जानकारी गराउनुभयो । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको व्यापारीको गुनासो छ ।
महानगरपालिकाले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ बनाउने अभियान सञ्चालन गरिररहेको छ । मुख्य बजार क्षेत्रमा विकल्प नदिई पार्किङ निषेध गरेपछि आन्दोलनमा उत्रिनु परेको गुनासो छ । महानगरपालिका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन व्यापारीले माग गरेका थिए ।
मेयर कोइरालाले भने दुई महिनाको समय माग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्