
एजेन्सी । भारतीय अभिनेत्री इलियाना डिक्रूज अस्पतालमा भर्ना भएकी छिन् ।
सो कुराको जानकारी उनले आफैंले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्विर शेयर गरेका छन् । यी तस्बिरहरूमा उनी हातमा ड्रिप लगाएर बिना मेकअप लुकमा देखिएकी छिन्। अहिले यी तस्विरहरू देखेपछि इलियानाका फ्यानहरू निकै दुःखी छन् र उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
तस्बिर सार्वजनिक गर्दै इलियानाले क्याप्सनमा लेखेकी छिन्, ‘म ती व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छु जसले मलाई मेरो स्वास्थ्यबारे जान्नको लागि म्यासेज गरिरहनुभएको छ । म यो माया पाएकोमा धेरै धन्य महसुस गर्छु र अहिले म बिल्कुल ठीक छु भन्न चाहन्छु। मैले समय देखि सही र राम्रो चिकित्सा सेवा पाएको छु ।’
इलियानाले सन् २०१२ मा निर्देशक अनुराग बसुको फिल्म ‘बर्फी’ मार्फत आफ्नो बलिउड करियर सुरु गरेकी थिइन् । यस फिल्ममा उनको साथमा रणवीर कपुर र प्रियंका चोपडा थिए । इलियानाले ‘बर्फी’ मा श्रुतिको भूमिकाबाट उत्कृष्ट डेब्यु अभिनेत्रीको ४ अवार्ड जितेकी थिइन् ।
त्यसपछि उनी ‘मै तेरा हिरो’, ‘रुस्तम’ र ‘रेड’ जस्ता फिल्ममा देखिइन् । यसबाहेक उनले दक्षिण भारतीय ‘पोकिरी’, ‘किक’, ‘जुलाई’, ‘केडी’ जस्ता सुपरहिट फिल्ममा पनि काम गरिसकेकी छिन् ।
भारतीय सञ्चार माध्यामका अनुसार इलियाना हाल कट्रिना कैफका भाइ सेबास्टियन लौरेन्ट मिशेलसँग डेट गरिरहेकी छिन् । दुवै पटक पटक सँगै देखिएका छन् । इलियाना यसअघि अस्ट्रेलियाली फोटोग्राफर एन्ड्रयू नीबोनसँग डेट गरिरहेकी थिइन् । तर, २०२० मा उनीहरुको ब्रेकअप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्