२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


शेयर बजारमा १६ अंकको गिरावट


26
Shares

काठमाडौं । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट जारी रह्यो ।

तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से करिब १६ अंकले ओरालो लागेर २१ सय १० मा आएर थामियो ।

अपरान्ह सुधारिएर नेप्से २१ सय ३५ सम्म पुगेपनि वृृद्धि टिक्न सकेन । कारोबार पनि ३ अर्ब तलै खुम्चियो । सोमबार ३ अर्ब माथि रहेको थियो । मात्र जलविद्युत समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह राताम्मे रहे ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च सय अंक माथिको गिरावट आउँदा बाँकी अधिकांश समुह दोहोरो अंकले ओर्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५९ कम्पनीको ७५ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ८२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसदिन १ सय ४८ कम्पनीको मूल्य घट्दा जम्मा ५७ को बढ्यो । घटेको बजारमा पनि आदर्श लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर र बाराही हाइड्रोका लगानीकर्ताले ७ प्रतिशत बढी कमाए ।