
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकताको विषयमा छलफल सुरु भएको छ ।
जसपाको तर्फबाट वार्ता समितिका संयोजक रहनुभएका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच मंगलबार दुई पार्टी एकताको सम्भावनाबारे करिब १ घण्टा छलफल भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
नागरीक उन्मुक्ति पार्टी र जसपाबीच सैद्धान्तिक र राजनीतिक मुद्दामा धेरै असहमति नरहेकाले पार्टी एकतासंग सहज हुने जसपाका नेताहरुको विश्वास छ । यता, पार्टी एकताको सम्बन्धमा जसपा र नेकपा एकीकृत समाजवादीबीच पनि छलफल चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्