१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थुनुवा भागेपछि तीनजना प्रहरी निलम्बित


494
Shares

काठमाडौं । धनुषामा ६ थुनुवा भागेको घटनामा तीनजना प्रहरी निलम्बित भएका छन् ।

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा प्रहरी सहायक निरीक्षक (असई) अशोककुमार मण्डलसहित तीन जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

माघ १५ गते राति हिरासतबाट ६ जना थुनुवा भागेको समयमा डिउटीमा खटिएका असई मण्डल, वरिष्ठ हवलदार सरोज रेग्मी र जवान रोहन मगरलाई निलम्बन गरिएको हो ।

वरिष्ठ हवलदार र जवानलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको हो भने असईलाई मधेश प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो । इलाका प्रहरी कार्यालयका २६ प्रहरीलाई जिल्लामा झिकाइएको छ भने इलाका इन्चार्ज बेचन यादवलाई पनि जिम्मेवारीबाट हटाउने तयारी गरिएको जनाइएको छ ।