
काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठूलो बनेको बताउनुभयो । उहाँले विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताउनुभयो । उहाँले विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताउनुभयो ।
उहाँले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिष्पर्धामा पछि परिरहेको बताउनुभयो । उहाँले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की राष्ट्रिय सभा सांसद गंगाकुमारी बेल्वासेले विद्यार्थीमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्