१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजीटलमा २० प्रतिशतसम्म छुट


702
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजीटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सीजी डिजीटलका आउटलेटमा विशेष छुट योजना ल्याएको छ ।

बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजीटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गतेसम्म मात्र कायम रहने बैंकले जनाएको छ । बैंकले आफ्ना डेबिट/क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो ।

डिजीटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ । साथै माछापुच्छ«्रे बैंक लि.का क्रेडिटकार्ड प्रयोगकर्ताले शून्य प्रतिशत ईएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्ने छन् ।