
एजेन्सी । भारतीय अभिनेता शाहरूख खानले ‘पठान’ को सफलतापछि ‘पठान २’ को निर्माण गर्ने घोषणा गरेका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा शाहरूख, दीपिका पादुकोण, जोन अब्राहम र निर्देशक सिद्धार्थ आनन्द उपस्थित थिए । यो पठानको पहिलो पत्रकार सम्मेलन थियो ।
उक्त पत्रकार सम्मेलनमा शाहरूखले ‘पठान २’ को घोषणा गरेका हुन् ।
उनले कार्यक्रममा बोल्दै भनेका छन्, ‘पठान’को सफलतापछि मेरो परिवार निकै खुशी छन् । यदि यस फिल्मको सिक्वेल बन्यो भने म निकै मेहनत गर्छु ।’
शाहरूखले फिल्मको व्यापारभन्दा पनि दर्शकको माया नै ठूलो उपहार भएको बताएका छन् ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ । यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्