
अर्घाखाँची । अर्घाखाँचीमा लागू औषध मुद्दामा फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।
सन्धिखर्क नगरपालिका–२ चुत्राबेशिका २९ वर्षीय मनोज अधिकारीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको जनाएको छ ।
गोप्य सूचनाको आधारमा सन्धिखर्कको एक होटलमा बसेको थाहा पाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
मनोजलाई २०७४ चैत ६ गते जिल्ला अदालत अर्घाखाँचीले लागू औषध मुद्दामा दोषी ठहर गरेको थियो । मनोज भागेर फरार रहेकाले पक्राउ गरि कैद भुक्तानका लागि कारागार चलान गरिएको सुचना अधिकारी घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्