
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताउनुभएको छ ।
राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला अध्यक्ष ओलीले यही कारण सरकार संकटमा नपर्ने बताउनुभएको हो ।
विराटनगर विमानस्थलमा उहाँले मुलुककोे शासन प्रणालीमै अस्थिरता रहेकाले प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको जिकिर गर्नुभयो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी कांग्रेसतिर ढल्किएको भनेर राखिएको जिज्ञासामा ओलीले माओवादीका केही नेताहरुले त्यसरी बोले पनि आफूलाई त्यस्तो नलागेको बताउनुभयो ।
गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने भन्दै उहाँले सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएकाले पालना हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय दिन अदालतको पूर्ण पाठ कुरिरहनु नपर्ने तर्क गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्