
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैंकिङ प्रणालीमा पैसा ल्याउन राष्ट्र बैंकले बैंकको सिडि रेसियोमा छुट्टै स्पेशल व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले राष्ट्र बैंकले बैंकको सिडि रेसियामा उत्पादन क्षेत्रको लागि छुट्टै स्पेशल व्यवस्था गर्दा पैसा आउनसक्ने बताउनुभयो । गोल्यानले उत्पादशील क्षेत्रको लागि बैंकिङ ब्याजदर एकल अंकमा ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले उत्पादनशिल क्षेत्रमा ब्याजदर कम गर्नको लागि २ प्रतिशत निक्षेपको ब्याजदर घट्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष गोल्यानले सरकारले आयातमुखी भन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिमा उत्पादन र अनुत्पादित क्षेत्रको लागि फरक–फरक ब्याजदर कायम गर्ने नीति ल्याएपनि कार्यान्वयन नभएको भन्दै पुनःत्यस्तो नीति ल्याउन आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष गोल्यानले पछिल्लो समय उद्योगी व्यवसायीहरुलाई समस्या पर्नुको मुख्य कारण बैंकहरुमा लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाह गर्न नसक्ने भएको बताउनुभयो । उहाँले सरकारले मुलुक आयातमुखी नभई आत्मनिर्भर हुनको लागि नेपालमा उत्पादन हुने १० वस्तुमा आयात प्रतिवन्ध गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्