
सर्लाही । सर्लाहीमा माघ महिनामै वनमा डढेलो लागिरहेकाे छ ।
सानो हेलचक्य्राइले ठूलो क्षति हुन्छ तर आम जनमानसमा चेतनाको अभाव र वनको कर्मचारिको लापरबाहीका कारण वनमा दिनहुँ जसाे डढेलो लागि रहेको हाे।
साँझपख दिनहु जसाे वनमा आगो लागे पनि जिम्मेवार निकाय मुखदर्शक बनेकाे छ । जसले गर्दा वन जङगल विनास हुनुका साथै वनमा आश्रित वन्यजन्तुको जीवन समेत संकटमा पर्न थालेको छ ।
एकतिर वन्यजन्तुको जीवन संकटमा छ भने आर्कातिर वातावरण विनाश भइरहकाे छ । जसले गर्दा पर्यावरणमा समेत गम्भीर असर पर्ने देखिन्छ ।
घाँसदाउरा लिन जाने तथा बस्तु भाउ चराउने गोठाला घास पलाउने आसमा वन जङगलमा आगो लगाउछन् । त्यस्तै शिकार गर्न शिकारीले समेत वन जङगलमा आगो लगाउने गरेका छन्
जङगलको आगलागीवाट छेउमा बस्तिमा समेत क्षति पुगि रहेको देखिन्छ । आफूहरुलाइ अहिले लागेको डढेलोको बारेमा जानकारी नरहेको डिभिजन वन कार्यालयको भनाइ छ । नत्र हरियो वन नेपालको धन उखानमा मात्र सिमित हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्