१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


म्यूजिकल फिल्म ‘गल्ली’ सार्वजनिक


91
Shares

काठमाडौं । म्यूजिकल फिल्म गल्ली सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्यूजिकल फिल्म गल्ली सार्वजनिक भएको हो ।

१० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए । उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताउनुभयो । उनले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताउनुभयो ।

गीतमा स्वर यश कुमार र मेचु धिमालको रहेको छ भने गीतको भिडियोमा रेस्मा घिमिरे, यश कुमार, राजेश घतनी लगायतका कलाकाको अभिनय रहेको छ ।