
काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा १३ प्रतिशतसम्म छुट हुने भएको छ ।
बिहीबार माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पतालमार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ १३ प्रतिशतसम्म छुट पाउने छन् ।
जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओ.पि.डि, वेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शूल्कमा न्यूनतम ५ देखि १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्