३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


अर्घाखाँचीमा गायक प्रकाश सपुतको क्रेज, भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे


572
Shares

अर्घाखाँची । नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक प्रकाश सपुत पछिल्लो समय हुने देश विदेशका कार्यक्रममा व्यस्त हुने कलाकार मध्येका एक हुन ।

अर्घाखाँचीमा जारी महोत्सवमा आफ्नो प्रस्तुती दिनका लागि स्टेज प्रवेश गर्न साथ उनले दर्शकको राम्रो साथ पाएका थिए ।

बोल माया, गलबन्दी च्यातियो तिम्ले तानेर, मेरो पनि हैन र यो देश, कुरा बुझ्नुपर्चु, पिर, माकुर माकुर लगायतका गीतले दर्शकमाझ प्रस्तुत गरेका सपुत कहिले स्टेज कहिले दर्शकको बीचमा गीत गाउँदै छमछमी नाचेका थिए ।

कार्यक्रम सकिन साथ बुढा देखि युवा दर्शकले फोटो खिच्नको लागि भीड गरेका थिए । एक छिन भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे भएको थियो ।

कार्यक्रममा गायिका शिलु भट्टराई, गायक राम प्रसाद पौडेल लगायतले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ माघ ११ देखि सुरु भएको पाँचै अर्घाखाँची महोत्सव २४ गतेसम्म चल्ने छ ।