
फाइल तस्बिर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता घनश्याम भुसाल अस्पताल भर्ना हुनुभएको छ ।
शुक्रबार आफ्नै गाडीमा तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बेहोस हुनुभएको हो । उपचारका लागि उहाँलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो ।
अहिले उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्