१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘नेपालको हवाई उडान र उद्योग सुरक्षित छ’


91
Shares

काठमाडौं । वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको छ ।

शुक्रबार वायुसेवा सञ्चालक संघले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो ।

संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताउनुभयो । उहाँले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरुमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन,मौसम,प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानविय गल्ति लगायतको कुनैपनि कारण हुनसक्ने बताउनुभयो । उहाँले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गर्नुभयो । उहाँले हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरु ल्याउन जरुरी रहेको औंल्याउनुभयो । उहाँले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पु¥याएको उल्लेख गर्नुभयो । अध्यक्ष थापाले विमान काठमाडौं बाहिरका विमानस्थलमा पार्किङको लागि लैजानुपर्ने विषयमा नागरिक उड्ड्यन प्राधिकरणले बाहिरका विमानस्थलहरुमा प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

उहाँले वायु सेवा कम्पनीहरु नेपालका सबै क्षेत्रमा हवाइ सेवा पु¥याउन तयार रहेको भन्दै सरकारले त्यही अनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराएमा काठमाडौं भन्दा बाहिरका विमानस्थलहरुमा हवाई कम्पनीका जहाजहरु जान तयार रहेको बताउनुभयो । अध्यक्ष थापाले काठमाडौं विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाडौं बाहिरका विमानस्थलहरुमा पार्किङकका लागि प्राप्त पूर्वाधारहरु नभएको बताउनुभयो ।

कार्यक्रमा बोल्दै संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकहरुको समेत सहकार्यमा ल्याएको बताउनुभयो । उहाँले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दाे बनाउन मदत पुग्ने बताउनुभयो । उहाँले प्राधिकरणले विगतमा भएको हवाई उडान मापदण्डहरु असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको स्पष्ट पार्नुभयो । उहाँले प्राधिकरणको नयाँ नियम सञ्चालक संघले तत्काल पालना गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनको लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले पप्राधिकरणले ट्राफिक कन्ट्रोलरहरुलाई दिने तालिम कमी भएको भन्दै तालिम बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले हवाई उडानको सुरक्षित बनाउनको लागि नियमन,तालिम र टेक्नोलोजी राम्रो आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको हवाई उडानमा राम्रो टेक्नोलोजीहरु प्रयोग नियमन राम्रो रहेको बताउनुभयो ।

उहाँले नेपालमा नम्बरका आधारमा विमानस्थलहरु बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले विमानस्थल बढेसँगै हवाई ट्राफिक कन्ट्रोल पनि बढेको बताउँदै काम गर्ने जनशक्तिको अभाव भइरहेको गुनासो गर्नुभयो ।