१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ हुने


299
Shares

काठमाडौं । आगामी फागुन ९ गते मंगलबार काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट २०२३’ हुने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो ।

कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिने छन् । आयोजक आइ लाइभ नेपालले ‘नेभरल्याण्ड कन्सर्ट’ गीत, संगीत मन पराउनेहरुका लागि एक अनौठो महशुस गर्ने ठाउँ बनोस् भन्ने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आइ लाइभ नेपालका प्रवक्ता रविन्द्र कार्कीले कार्यक्रमले नेपालको गीत संगीतलाई माथि लैजान सहयोग पुग्ने र नेपालमा सांगीतिक पर्यटनको विकासमा पनि सहयोग पु¥याउने अपेक्षा राखेको बताए ।

नेभरल्याण्ड कन्सर्ट नेपाली समाजमा नयाँ र प्रभावकारी हुनेमा विश्वस्त रहेको पनि बताए । ‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ । रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरीमा नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीमा सिक्किमका ¥यापर युएण्डबी क्लब प्लाटिनममा प्रस्तुत रहने छ । ग्ल्याबो ल्होसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ को सुरक्षाका लागि ३०० बाउन्सर खटिने प्रवक्ता कार्कीले बताए ।

५ देखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिने बताए ।

नेभरल्याण्ड कन्सर्टका लागि स्टेज तथा म्युजिक सिस्टम भारतबाट मगाइएको बताइएको छ ।