१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रवासी नेपालीकाे सहयाेगमा तेह्रथुमका ९२ जना बालबालिकालाई स्वीटर वितरण


312
Shares

तेह्रथुम । विषेश गरी विपन्न परिवारका बालबालिकाहरु जाडोमा न्यानो कपडा नहुँदा कठ्याङग्रीन्दै विद्यालय जाने गरेका हुन्छन्।

आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरु यस्ताे समस्या भोग्न बाध्य भएकाे देखिन्छ । जाडो कै कारण बालबालिकाहरुलाई विद्यालय जान समस्या हुने गरेकाे छ । आर्थिक रुपमा कम्जोर र विपन्न परिवारका बालबालिकाहरुलाई राहात दिने उदेश्यले तेह्रथुमकाे छथर गाउँपालिका-६ काे सुदापका ९२ जना बालबालिकाहरुलाई साेही स्थानमा घर भई राेजगारीका लागि दक्षिण कोरियामा गएका प्रवासी नेपालीहरूले जाडाेकाे न्यानो स्वीटर सहयोग गरेका छन् ।

उनीहरूलाले साेही गाउँका बालबालिकाहरुको समस्यालाई मध्यनजर गर्दै वडामा रहेका ६ वटा विद्यालयका बाल कक्षामा अध्यायनरत ९२ जना बालबालिकाहरुलाई स्वीटर सहयोग गरेका हुन् । छथर गाउँपालिकाकाे सुदापमा घर भएर हाल दक्षिण कोरियामा बस्नुभएका मनोज तुम्खेवा लिम्बु साथमा गजनाथ मादेन, प्रमेश मादेन लिम्बु, पान्जाहाङ आंखेवा, त्यस्तै धनकुटा-३ का हाल दक्षिण कोरियामा बस्नुभएका सुशिल खवाहाङ लिम्बु, अमित राई र सुसन राईले ६७ हजार बराबरको जाडाकाे न्यानाे कपडा सहयोग गरेका हुन्।

जाडो मौसमको सिजनमा सबैको न्यानो कपडा नभई रहेका बेला स्वीटर वितरणले विपन्न बालबालिकाहरुलाई राहत मिलेको अभिभावक जानुका बागदासले बताउनुभयो । ‘मेरो वैदेशिक रोजगार मेरो एक दिनको रोजगार मेरो गाउँको शिक्षामा’ भन्ने मुल नाराका साथ छथर सुदापमा रहेका ६ वटा विद्यालयको बालकक्षामा अध्यायन गर्दै आएका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको हो ।

वैदेशिक रोजगारमा रहेर पनि जाडोमा बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गर्नुहुने दाताहरुलाई जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर खुलालले धन्यवाद समेत व्यक्त गर्नुभएकाे छ । यसअघि वडा कार्यालयले वडामा रहेका ६ वटा विद्यालयका कक्षा १ देखि ५ सम्म २ सय ९२ जना स्वीटर प्रदान गरिएकाे थियो । बाल कक्षाका बालबालिकाहरुलाई रकम अभावका कारण स्वीटर अपुग भएको थियो ।

रकम अभाव भई रहेका बेला दाताको सहयोगले बालबालिकालाई स्वीटर प्रदान गरिएको हाे। साेही सहयोगले बालबालिकालाई राहत मिलेको वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाहरुलाई दाताको सहयोगले राहत मिलेको छ । प्रवासमा रहेर पनि गाउँको शिक्षाको लागि चासो देखाउँदै बालबालिकाहरुलाई सहयोगको थालनी गर्नु एउटा उदाहरण बनेको छ ।