
पाल्पा । पाल्पाको तानसेन–दर्लमडाँडा सडक खण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुुई जनाको मृत्युु भएको छ ।
तानसेनबाट बगनासकाली गाउँपालिकाको झिरू भञ्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई बगनासकाली–९ गुनठाँटीस्थित तानसेन–दर्लमडाँडा सडक खण्डमा शनिबार बिहान ठक्कर दिंदा स्कुटरमा सवार दुुई जनाको मृत्यु भएको हो ।
मृत्युु हुनेमा तानसेन नगरपालिका–१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँकी ३९ वर्षीया मिना थापा मिधुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाकाे उपचारका लागि तानसेनस्थित जिल्ला अस्पताल पठाएकोमा चेकजाँचपछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएकाे छ ।
मृतक दुई जना आमा र छोरा भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुुभयो ।
प्रतिक्रिया दिनुहोस्