२३ चैत्र २०८१, शनिबार | Sun Apr 6 2025


ओखलढुंगामा साइक्लिङ खेल प्रतियोगिता


247
Shares

ओखलढुंगा । ओखलढुंगालाई खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइक्लिङ खेल प्रतियोगिता भएको छ । जिल्ला साइक्लिङ संघले शुक्रबार र शनिबार खेल प्रतियोगिताको आयोजना गरेको हो ।

संघले अफिसियल प्राक्टिस, सिडिङ र फाइनल खेल आयोजना गरेको हो । खेलमा नेपाली र विदेशीसहित ५७ जना राइडर सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।

साइक्लिङ प्रतियोगिता ओखलढुंगा सदरमुकामको साढे ३ किलोमिटर क्षेत्रमा भएको थियो । जिल्लामा पहिलोपटक भएको उक्त खेल प्रतियोगिता हेर्न टाढा टाढाबाट दर्शकको ओइरो लागेको थियो ।

खेलका लागि सिद्धिचरण नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग र नेपाल टुरिजम बोर्डले प्रवर्द्धन गरेको छ । उक्त प्रतियोगितामा १५ हजारदेखि ३५ हजार रूपैयाँसम्मको पुरस्कार राशिको व्यवस्था गरिएको छ ।