
काठमाडाैं । पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार जिल्लाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लुु २९ प ३२९७ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्वरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत घर भई हाल वालिङ नगरपालिका –८ स्याङ्जामा बस्दै आएका ३७ वर्षीय विनय चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्युु भएको हो । अहिले ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्