
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले देशभर नै फाइवर सेवा बिस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार नेपाल टेलिकमको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सूचना प्रविधि महामार्ग बिस्तार गरी डिजिटल नेपालको परिकल्पना साकार गर्न ग्रामिण दूरसञ्चार विकास कोषको प्रयोग गरी नेपाल सरकारले प्रदेश १,२ र बागमतीका अलावा सुदूरपश्चिम र कर्णाली प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर ब्याकवोन नेटवर्क निर्माण गर्ने जिम्मा दिएपनि उक्त परियोजना टेलिकमले पूर्णध्यान केन्द्रित गर्न नसकेको बताउनुभयो । उहाँले दुई वटा बिटिएसबाट मात्रै फाइभजी परीक्षण भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
अध्यक्ष खनालले दूरसञ्चार प्राधिकरणले फोरजीको गुणस्तरीय सेवा दिन नसके नेपाल टेलिकमकै सेवा लिनुपर्ने भन्ने पक्षमा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्