
काठमाडौं । म्याक्ससका गाडी नेपाली बजारमा भित्रिएका छन् ।
नेपालका लागि म्याक्सस गाडीका आधिकारिक वितरक प्यारामाउण्ट मोटर्सले म्याक्सस टी सीक्सटी, टी सेभेन्टी पिकअप ट्रक र भी एट्टी कार्गो भ्यान नेपाली बजारमा भित्र्याएको हो ।
कम्पनीले आइतबार एक कार्यक्रम गरी यी गाडी सार्वजनिकसँगै शोरुम पनि शुभारम्भ गरेको हो ।
आधुनिक विशेषतासहितका यी शक्तिशाली गाडी छिटै नै नेपाली ग्राकहमाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ । म्याक्सस टी सिक्सटीको बजार मूल्य ७७ लाख ९९ हजार र टी सेभेन्टीको ६८ लाख ४९ हजार रहेको छ ।
यस्तै, भी एट्टीको मूल्य ५० लाख ४९ हजार रहेको कम्पनीले जनाएको छ । म्याक्सस नेपालमा सबैभन्दा बढी माग रहेको सर्वाधिक प्रतिक्षित गाडी रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्