१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशमा पश्चिमी वायुको प्रभाव


130
Shares

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

साेमबार बिहान प्रदेश-१ का पहाडी भू–भागमा आंशिक बदली तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेमबार दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साेमबार राति भने दिउँसोको जस्तै मौसमी प्रणाली हुने महाशाखाले जनाएको छ ।