१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र निरमायाको प्रिमियर शो सम्पन्न


78
Shares

काठमाडौं । नेपाली चलचित्र निरमायाको प्रिमियर शो सम्पन्न भएको छ ।

आइतबार चलचित्र विकास बोर्डमा चलचित्रको प्रिमियर शो सम्पन्न गरिएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकहरुले चलचित्रले सामाजिक विषयवस्तुलाई राम्रोसँग उठाएको भन्दै प्रतिक्रिया दिएका छन् ।

उनीहरुले समाजमा जातजातिबीच हुने विभेदलाई चलचित्रमा उठाइएको बताएका छन् । उनीहरुले चलचित्रले दिन खोजेको सन्देश अहिलेको सामाजिक परिवेशमा रहेकाले हरेक व्यक्तिले यो चलचित्र हेर्न आवश्यक रहेको बताएका छन् ।

दर्शकले दलित र उत्पीडितहरुको आवाज उठाएर समाजलाई सकारात्मक सन्देश चलचित्रले दिएको उनीहरूले बताएका छन् । उनीहरुले चलचित्र समाजको दर्पण भएकाले समाजको बोध गराउने भन्दै निर्मायाले समाजमा दबिएर बसेका आवाजहरु बोलेको बताएका थिए ।

उनीहरुले चलचित्रमा मनोविज्ञानको पक्ष कमजोर भएता पनि घटनालाई प्राथमिकता दिएको समेत बताएका छन् । यस चलचित्रले समाज परिवर्तनको लागि वाहक बन्न सक्ने उनीहरूकाे तर्क छ ।