८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


देशभर कोरोनाका सक्रिय संक्रमित ६ जना


26
Shares

काठमाडौं । कोरोना संक्रमितको संख्या सोमबार शून्य रहेको छ ।

गत २४ घण्टामा १२११ जनाको नमूना परीक्षण गरिएको थियो ।

५२५ जनाको पीसीआर र ६८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित संख्या शून्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर ६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।