
बझाङ । बझाङ जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा १ जना त्यस्तै रूखबाट लडेर १ जना र आत्महत्या बाट एक गरी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
धनगढीबाट बझाङ आउँदै गरेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक केदारस्युँ गाउँपालिकाकी २५ वर्षिया अमृता खत्रीको मृत्यु भएको हो ।
मोटर साईकल चालक भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो । यस्तै, सुदूरपश्चिम प्रदेश कार्यालयमा दर्ता भएको मोटरसाइकल र ट्रक एक् आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
यस्तै, बझाङको खप्तड छान्ना गाउँपालिकामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ गोठ्खोलाकि धनलक्ष्मी खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यता, ३० बर्षिया बलराम गिरिले आफ्नो घरको भान्सा कोठामा आत्महत्या गरेको प्रहरीले बताएको छ । उनको सब पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्