
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको बताउनुभयो ।
सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दल दृढतापूर्वक उभिनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकीर समेत गर्नुभयो ।
कांग्रेसमा सत्ताबाट हटनु परेको छटपटी सुरु भएको आरोप लगाउँदै उपमहासचिव ज्ञवालीले लोकतन्त्रलाई कमजोर बन्न नदिन कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्