
काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा-इन्स्टा बाइ सर्वाजनिक गरेको छ ।
यो नयाँ सुविधाले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीमा विभाजन गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।
यो सुविधाको साथ, ग्राहकले आफ्नो खरिदहरू बराबर मासिक किस्तामा भुक्तान गर्न छनौट गर्न सक्ने र त्यो पनि न्युनतम ब्याजदरमा ।
इन्स्टा बाइमार्फत, अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिल र यस्तै, अन्य सेवाहरूको भुक्तानी पनि ईएमआई मा रूपान्तरण गर्न सकिने बैंले जनाएको छ ।
यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकको लागि उत्कृष्ट विकल्प रहेको जनाएको छ ।
यो सुविधा प्रयोग गर्न, ग्राहकले बैंकको वेबसाइटमा लगइन गरि, प्रडक्ट एण्ड सर्भिसेस मा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्यासहित विवरणहरू भर्नुपर्ने हुन्छ ।
यो नयाँ फिचरले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थप्पिने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्