
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटना हुने खतरा देखिएको बताउनुभएको छ ।
सोमबार सिंहदरबामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेतामा अधैर्यता र विचलन देखिएको बताउनुभयो ।
उहाँले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र बिरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरुप सरकार अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । उहाँले सत्तारुढ दलका नेता अत्ताल्लिएको भन्दै त्यसले सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटना हुने खतरा देखिएको उहाँले बताउनुभयो ।
प्रमुख सचेतक लेखकले कांग्रेसले सत्ता समिकरण परिवर्तन गरेर अर्को समिकरण बनाउन नखोजेको स्पष्ट पार्नुभयो । आफूहरुले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्