
तेह्रथुम । घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमले वाणिज्य प्रशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
जनप्रतिनिधि र वडाका कर्मचारी र उद्योगीहरुका लागि साेही कार्यक्रम आयाेजना गरेकाे कार्यालयले जनाएकाे हाे । उद्योग कार्यालय तेह्रथुमले जिल्लाको छथर गाउँपालिकाको सुक्रबारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । उद्योग दर्तामा सेवा ग्राहीहरुले वाणिज्य प्रशासनमा भोग्दै आएका समस्याहरूकाे न्यूनिकरण गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
कार्यक्रममा उद्योग सम्बन्धी कानूनी व्यवस्था, कार्यालयबाट सम्पादन हुने मुख्य कार्यहरु, उद्योग सञ्चालनका लागि पूँजी, उद्योग प्रशासन सम्बन्धी व्यवस्था, उद्योग दर्तामा आवश्यक पर्ने कागजातहरु, उद्योगको नवीकरण, नामसारी, उदेश्य र उद्योगको प्रकृति लगायतका विषयमा छलफल भएको कार्यालयकी लिलामाया तामाङले जानकारी दिनुभयो ।
साेही कार्यक्रममा छथर गाउँपालिका ६ वटै वडाका अध्यक्ष, वडा र गाउँपालिकाका कार्यचारीहरुका साथै उद्योगीहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्