
डडेल्धुरा । डडेल्धुरामा आलु उत्पादनमा वृद्धि हुँदा कृषक उत्साहित भएका छन् ।
उत्पादन बढेपछि निर्वाहमुखी आलु खेती गरिरहेका भित्री मधेश क्षेत्रका कृषकहरु उत्साहित भएका हुन् । परशुराम नगरपालिका कटालका करिब १ सय घरधुरीमा आर्थिक वर्ष २०७९/०८० मा मुख्यमन्त्री नमूना तरकारी गाउँ कार्यक्रम अन्तर्गत व्यवसायिक आलु तथा ताजा तरकारी कार्यक्रम संचालन भएपछि कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन् ।
अघिल्लो पटक आलु खेतीबाट मनग्य आम्दानी भएपछि उनीहरु व्यवसायिक रुपमै आलुखेती गर्न हौसिएका हुन् । दुई क्वीन्टल आलु लगाएर २५-३० क्युन्टल उत्पादन लिन थालेका छन् । आलुबाटै एक पटकमा २० देखि ३० लाख आम्दानी हुने कृषकहरुको भनाइ छ ।
जिल्लामा १७ सय ९१ रोपनीमा कृषकहरुले आलु खेती गरिरहेको आलु सुपरजोन डडेल्धुराका निमित्त कार्यालय प्रमुख ध्रुवराज जोशीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्