
फाइल तस्बीर
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली बालुवाटार पुग्नुभएकाे हाे । भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच राष्ट्रिय सभा उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
राष्ट्रिय सभाको रिक्त पदमा यहि माघ २५ गते र राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुने भएकाे छ । सत्ता गठबन्धनका दलहरूबीच भने राष्ट्रपति एमालेलाई दिने सहमति भएको एमालेले दावी गर्दै आएको छ ।
तर राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन पहल गर्ने नेकपा माओवादी केन्द्रको निर्णयपछि एमाले सशंकित भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्