२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


नेप्सेमा ७६ अंकको वृद्धि


52
Shares

काठमाडौं । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजारमा मंगलबार उछाल आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ७६ अंकले उकलो लागेर २१ सय ७७ पुग्यो । सूचकमा साढें ३ प्रतिशत बढीको वृद्धि आएको हो ।

सबै समूहमा हरियाली छाउँदा लगानी समूहमा सबैभन्दा उच्च ६ प्रतिशत बढीको वृद्धि भयो । वित्त समूहमा ६ प्रतिशत बराबरको वृद्धि आउँदा विकास बैंक, जलविद्युत समूहमा पनि ५ प्रतिशत माथिको वृद्धि आयो ।

बीमा समूह पनि साढे ४ प्रतिशतले उकालो लागे । बाँकी पनि अधिकांश समूहमा उच्च दरमा दोहोरो अंकको वृद्धि आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६० कम्पनीको ९३ लाख बढी कित्ता शेयर ३ अर्ब ३६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन २ सय १५ कम्पनीको मूल्य उकालो लाग्दा जम्मा एउटा कम्पनीको मूल्य स्थिर रह्यो । यस दिन बरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी विद्युतलगायत आधा दर्जन बढी कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।